पोखरा, २६ फागुन– पोखराको बजारमा एनके ब्राण्डको चिनियाँ मोटरसाइकल भित्रिएको छ ।एवान मल्टिनेशनल ग्रुप प्रालिले पोखराको नयाँबजारमा उक्त बाइकको शो रुम सञ्चालनमा ल्याएको हो ।
१५० सिसी इन्जिन क्षमता रहेको सो मोटरसाइकलको मूल्य ३ लाख ९५ हजार रहेको छ । मोटसाइकलले सहरी क्षेत्रमा प्रति लिटर ४० किलोमिटर माइलेज दिने गण्डकी प्रदेशको आधिकारिक विक्रेता ए वान मल्टिनेशनलका प्रवन्ध निर्देशक शिवकुमार बास्तोलाले बताए । यसमा अन्य भारतीय मोटरसाइकलका जस्तै सुविधा रहेका छन् । केही वर्षअघि चिनियाँ मोटरसाइकल नेपालमा आए पनि त्यसले राम्रो बजार भने लिन सकेको थिएन । स्पेयरपार्टस्को अभाव तथा नेपाली बाटो सुहाउँदो नभएकाले चिनियाँ मोटरसाइकल नेपालीको रोजाईमा पर्दैन ।





