बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

खाडीमुलुकबाट फर्केर चप्पल उद्योग

खाडीमुलुकबाट फर्केर चप्पल उद्योग


  • ढोरपाटन सम्वाददाता
  • फाल्गुन २८ २०७७, शुक्रबार

बेनी, २८ फागुन– वैदेशिक रोजगारीबाट फर्किएका म्याग्दीका एक युवाले चप्पल उद्योग सञ्चालन गरेका छन् । करिब ७ वर्ष मलेसिया र साउदी अरबमा बसेर फर्किएका बेनी नगरपालिका–६, थाकनपोखरीका डोलेन्द्र ढुंगानाले ५ लाखको लगानीमा एकसाता अगाडी बेनपा–७ महारानीथानमा प्रसिद्धी चप्पल उद्योग सञ्चालनमा ल्याएका हुन् । वैदेशिक रोजगारबाट फर्किएर पशुपालनमा सक्रिय ढुंगानाले उद्योग स्थापना गरी जिल्ला भित्रका सहर तथा ग्रामीण क्षेत्रमा बिक्री गर्न थालेको बताए ।

‘उद्योग स्थापना गरेको एक सातामै बजारमा चप्पल पठाउन थालेको छु’,उनले भने,‘सस्तो र टिकाउ भएकाले ग्राहकको रोजाईमा पर्ने विश्वास लिएको छु ।’ उत्पादन गरिएका चप्पल होलसेलमा करिब ३० हजारको हाराहारीमा बिक्री गरेको उनको भनाई छ । चप्पल बनाउन प्रयोग हुने कच्चा पदार्थ तराईका जिल्लाबाट आयात गरिएको छ । हाल उद्योगमा एक्लै काम गरेपनि निकट भविष्यमा बजार प्रतिनिधि सहित दुई जनालाई रोजगारी दिने योजना रहेको ढुंगानाको भनाई छ । एकपटक आफ्नौ जिल्लामा बनेको चप्पल प्रयोग गरिदिन ढुंगानाले अनुरोध गरे। अहिले सदरमुकाम बेनीसहित जिल्लाका विभिन्न स्थानमा चप्पल लिएर पुग्ने गरेका उनले केही महिना ग्राहकसँग प्रत्यक्ष पुग्ने योजना रहेको बताए ।

एउटा चप्पल बनाउन दुईदेखि चार मिनेटसम्म लाग्छ भने दैनिक झण्डै १ सय चप्पल उत्पादन हुन्छ । पहिलो चरणमा पुरुष र महिलालाई लक्ष्य गरी चप्पल उत्पादन गर्न थालिएको छ भने बच्चाहरुलाई समेत आवश्यक पर्ने चप्पल उत्पादन गर्ने ढुंगानाको भनाई छ । उद्योगमा लगानी थपेर ३० लाख रुपैयाँ पु¥याउने लक्ष्य रहेको सञ्चालक ढुंगानाको भनाई छ । म्याग्दीबाहेक धौलागिरिका बागलुङ, पर्वत र मुस्ताङलाई लक्ष्य गरी सो उद्योग सञ्चालनमा ल्याइएको हो । जिल्लामा सामान्य चप्पलसमेत बाहिरबाट आयात हुने गरेको अवस्थामा उद्योग नै स्थापना भएपछि उत्पादन अनुसार नै खपत हुने उनको भनाई छ । उद्योग सञ्चालन अगाडी ढुंगानाले लामो समयसम्म स्थापित उद्योगहरुमा पुगेर तालिम तथा प्राविधिक ज्ञान समेत लिएर आएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->