पोखरा, २ चैत– राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकीले आयोजना गरेको लोकदोहोरी प्रतियोगितामा बागलुङ विजयी भएको छ । बागलुङको सुमन खड्का र शर्मिला बिसीको समूहले स्याङजाका प्रकाश पराजुली र सपना रोकाको टिमलाई हराएको हो ।
उपाधिसँगै बागलुङले १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार हात पारेको छ । उपविजेता बनेको स्याङजाले ७७ हजार ७ सय ७७ रुपैयाँ नगद पुरस्कारमा पायो । तृतीय स्थान प्रतिष्ठान लमजुङले हात पा¥यो । पुरस्कार स्वरुप उसलाई ३३ हजार ३ सय ३३ रुपैयाँ प्रदान गरियो ।
११ हजार १ सय ११ रुपैयाँसहित तनहुँले सान्त्वना स्थान प्राप्त गरेको थियो । प्रतियोगितामा गण्डकी प्रदेशका ९ जिल्लाले प्रतियोगितामा भाग लिएका थिए ।





