शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

खेलकुदका सामग्री वितरण

खेलकुदका सामग्री वितरण


  • ढोरपाटन संवाददाता
  • चैत्र ३ २०७७, मंगलबार

पर्वत, ३ चैत– जलजला गाउँपालिकाका खेलाडीहरुका लागि वडा कार्यालयले खेलकुदका सामग्री वितरण गरेको छ । जलजला गाउँपालिका–७ वडा कार्यालयले युवा तथा खेलकुद लक्षित कार्यक्रमअन्तर्गत युवा खेलाडीहरुका लागि खेलकुदका सामग्री वितरण गरेको हो ।
वडा कार्यलले एक लाख रुपैयाँ बराबरको दुई थान भलिबल, पम, नेट लगायतका सामग्री वडाका १० वटा समुहलाई हस्तान्तरण गरेको हो । कार्यक्रममा स्थानीय युवा क्लबको पदाधिकारी उपस्थित थियो ।
भलिबल खेलबाट जीवन निर्बाह गर्न सक्ने खालको खेलाडी उत्पादन गर्ने र नेपाल प्रहरी तथा नेपाली सेनाका क्लवहरुमा समेत खेलाडि पु¥याउने उद्धेश्य वडाले राखेको अध्यक्ष टुंगनाथ शर्माले बताए । वडा कार्यलयमा भएको कार्यक्रममा वडा सचिब मोहोदत्त शर्माले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->