बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

इन्धनको मूल्य फेरि बढ्यो, पेट्रोल ११८ पुग्यो

इन्धनको मूल्य फेरि बढ्यो, पेट्रोल ११८ पुग्यो


  • ढोरपाटन संवाददाता
  • चैत्र ३ २०७७, मंगलबार

काठमाडौं, ३ चैत – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले मंगलबार साँझ पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढाएको हो । अब पेट्रोलको मूल्य प्रतिलिटर ११८ पुगेको छ भने डिजेल र मट्टीतेल १०१ पुगेको छ । निगमले हवाई इन्धनको खुद्रा मूल्यसमेत प्रतिलिटर दुई रुपैयाँले बढाएको छ । एलपी ग्यास र अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धन भने यथावत कायम गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । मंगलबार साँझ वृद्धि भएको इन्धनको मूल्य राति १२ बजेदेखि लागू हुने प्रवक्ता उपाध्यायले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->