बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

लेखनाथमा खाष्टेताल महोत्सव सुरु

लेखनाथमा खाष्टेताल महोत्सव सुरु


  • ढोरपाटन संवाददाता
  • चैत्र १२ २०७७, बिहिबार

पोखरा, १२ चैत– लेखनाथमा रहेको खास्टे तालमा महामेत्सव सुरु भएको छ । पोखरा–२६, खरानेफाँटमा आयोजित महोत्सव चैत २२ गतेसम्म चल्नेछ । महोत्सवको बिहीबार गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरे ।
उनले प्राकृतिक र सांस्कृतिक सम्पदाहरुलाई मानव हितमा प्रयोग गर्नुपर्नेमा जोड दिए । उनले तालहरुको एकिकृत विकासका लागि योजनाहरु बनाइने घोषणा पनि गरे । पूर्वसभामुख तारानाथ रानभाटले प्रकृति र मानवबीचको सम्बन्धलाई जिवन्त राख्दै तालको उपयोग गर्नुपर्ने बताए ।
नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले तालहरुको मापदण्ड कायम गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा गण्डकी प्रदेश विकास समितिका सभापति दिपक कोइराला, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकाल, पोखरा महानगरपालिका वडा नं २६ का वडाध्यक्ष नारायणप्रसाद बराल आयोजक संस्था खाष्टे तथा न्यूरेनीताल संरक्षण समितिका अध्यक्ष हरिप्रसाद अधिकारी, सचिव ईश्वरीप्रसाद अधिकारी, उपाध्यक्ष इन्दु लामिछाने, प्रचारप्रसार संयोजक ईश्वरराज भण्डारीलगायतले बोलेका थिए ।
महोत्सव उद्घाटनअघि झाँकी प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->