पोखरा, १३ चैत– पश्चिमाञ्चल होटल संघले होटल प्रतिष्ठानहरुलाई विद्युत डिमान्ड शुल्क छुट दिने निर्णयको स्वागत गरेको छ । संघीय सरकारले होटल तथा रेस्टुराहरुको चैतदेखि असारसम्मको डिमान्ड शुल्क मिनाहा र माघ मसान्तसम्म आधा छुट दिने निर्णय गरेको थियो ।
संघका अध्यक्ष विकल तुलाचनले बिहीबार जारी विज्ञप्तिमा मन्त्रिपरिषदबाट भएको निणर्यले व्यवसायलाई निरन्तरता प्रदान गर्न राहत पुग्ने जनाइएको छ । संघले विद्युत माग शुल्क र होटलहरुलाई पनि अन्य उद्योग सरह विद्युत महसुल निर्धारण सम्बन्धमा पटक–पटक प्रदेश सरकार, नेपाल विद्युत प्राधिकरणको प्रदेश कार्यालय, विद्युत नियमन आयोग, नेपाल विद्युत प्राधिकरण, अर्थ मन्त्रालयमा ध्यानाकर्षण गराउँदै आएको थियो ।





