पोखरा, १४ चैत– दुईपाङ्ग्रे सवारीमा सर्वाधिक लोकप्रिय बजाजको मोटरसाइकल किन्दा पोखराका एक युवाले १ लाख रुपैयाँ नगद उपहार हात पारेका छन् ।
बिहीबार पोखराको बजाज डिलर इच्छाशक्ति अटोमोवाइल्स प्रालिबाट १२५ सिसी डिस्कभर मोटरसाइक किन्दा पोखरा–१४ बस्ने नारान परियारले उपहार हात पारेका हुन् । उनलाई बजाजको लागि नेपालको आधिकारिक बिक्रेता हंशराज हुलासचन्द एण्ड कम्पनि प्रालिका रिजनल अफिसर संजिव खनानले मोटरसाइकलको चावी र इच्छाशक्ति अटोमोवाइल्स प्रालिका प्रबन्धक भगवान विजुक्छेले पुरस्कार हस्तान्तरण गरे । बजाजको शुन्य अफर मेलामा शुन्य प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा र १० हजारदेखि १० लाखसम्मको उपहारको व्यवस्था गरिएको थियो ।





