बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

काजीरोशन साहित्य पुरस्कार षडानन्द पौडेललाई

काजीरोशन साहित्य पुरस्कार षडानन्द पौडेललाई


  • Dhorpatan News
  • चैत्र १८ २०७७, बुधबार

बागलुङ, १८ चैत– धवलागिरी साहित्य प्रतिष्ठानले यस वर्षको ‘काजी रोशन साहित्य पुरस्कार’ डा. षडानन्द पौड्याललाई प्रदान गरेको छ । मंगलबार आयोजित बिशेष समारोहमा उक्त पुरस्कार प्रदान गरिएको हो ।
१५ वर्षदेखि प्रदान गरिंदै आएको यो पुरस्कार यो वर्ष ‘काजी रोशनको काव्य साधना’ नामक अनुसन्धनात्मक कृषिका लोखक पौड्याललाई पुरस्कृत गरिएको हो । पुरस्कारको राशी १५ हजार नगद र सम्मान पत्र छ । पौड्यालले काजी रोशनको काव्य साधना अनुसन्धानपछि पुस्तक आकारमा कृतिसमेत प्रकाशित गरिसकेका छन् । १९ वर्ष धौलागिरी बहुमुखी क्याम्पसमा नेपाली साहित्य प्राध्यापन गरेका उनी ५ वर्षदेखि काठमाडौंको सरस्वती बहुमुखी क्याम्पसमा प्राध्यापनरत छन् ।
त्यस्तै भानु जयन्तीको अवसरमा प्रदान गर्नुपर्ने भएपनि कोरोना संक्रमणका कारण स्थगित भएको ‘बम सरस्वती स्मृति पुरस्कार’ काभ्रेको पनौतीका सूर्यप्रसाद लाकोजूलाई दिइएको छ । साहित्य क्षेत्रमा योगदान गरेको भन्दै लाकोजूलाई पुरस्कृत गरिएको पुरस्कार छनौट समितिका सदस्य हरिप्रसाद पाण्डेयले बताए । कार्यक्रममै बागलुङको गलकोट घर भई चितवनमा बस्दै आएकी राधिका कल्पितद्वारा लिखित ‘बरफका कोइलाहरु’ नामक कविता संग्रह विमोचनसमेत भएको थियो । धौलागिरी बहुमुखी क्याम्पसका प्रमुख रामप्रसाद उपाध्यायले कविता कृतिको विमोचन गरे ।
कार्यक्रममा सहभागी अधिकांश वक्ताले काजी रोशनले नेपाली भाषा र साहित्यको विकासमा योगदान गरेको र नयाँ पुस्तालाई अगाडि बढ्न प्रेरणा दिने गरेकोसमेत बताएका थिए । कार्यक्रममा साहित्यकार काजी रोशनले पाएको भद्रकुमारी घले कृतित्व पुरस्कारको ५० हजार रुपैयाँ रकम प्रतिष्ठानको कोषमा बुझाएका थिए ।
प्रतिष्ठानका अध्यक्ष काजी रोशनको अध्यक्षता, सचिव राम थापा अविरलको सञ्चालन र पुरस्कार समितिका सदस्य हरिप्रसाद पाण्डेयको स्वागतमा सम्पन्न कार्यक्रममा क्याम्पस प्रमुख उपाध्याय, पुरस्कृत व्यक्तित्व डा. षडानन्द पौड्याल, सूर्यप्रसाद लाकोजू, साहित्यकार राधिका कल्पित, समीक्षक हरिप्रसाद गौतम, पर्वतका साहित्यकार चन्द्रबहादुर लामिछाने, म्याग्दीका साहित्यकार गुणनाथ पौडेल र संगीतकार बिजयराम कर्माचार्यले मन्तव्य राखेका थिए । कार्यक्रममा साहित्यकार काजी रोशनले पाएको भद्रकुमारी घले कृतित्व पुरस्कारको ५० हजार रुपैयाँ रकम प्रतिष्ठानको कोषमा बुझाएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->