पर्वत, २० चैत– जिल्ला प्रहरी कार्यालय कास्कीले आफैले जन्माएको ४२ दिनको छोराको हत्या गरेको अभियोगमा एक महिलालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवास हमालका अनुसार बागलुङको ढोरपाटन नगरपालिका–३ घोसाखानी स्थायी घर भई हाल कास्कीको अन्नपूर्ण गाउँपालिका–२ नौडाँडा बस्ने २२ वर्षिया गीता कुँवरलाई पक्राउ गरिएको हो । उनलाई बिहीबार बिहान पक्राउ गरिएको हो ।
उनले छोरोको हत्या गरेको बारेमा कर्तव्य ज्यान सम्बन्धी कसुरमा जिल्ला अदालत कास्कीबाट पाँच दिनको म्याथ थप गरेर अनुसन्धान भइरहेको र उक्त बच्चा विवाह गरेको ६ महिनामा जन्माएको पाइएको डिएसपी हमालले बताए । ‘कर्तव्य गरी बच्चालाई मारेको सूचना पाएपछि हामीलाई महिलालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौँ ।’ उनले भने, ‘हत्या गर्नुको कारणको विषयमा अनुसन्धान भइरहेको छ । उक्त बच्चा बिहे भएको ६ महिनामा जन्मिएको अनुसन्धानबाट थाहा भएको छ ।’





