बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

शिवशिखरले ग-यो राजमार्ग सरसफाइ

शिवशिखरले ग-यो राजमार्ग सरसफाइ


  • ढोरपाटन सम्वाददाता
  • चैत्र २१ २०७७, शनिबार

पोखरा, २१ चैत– राष्ट्रिय सहकारी दिवसको अवसरमा पोखरा ५ पस्र्याङस्थित शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले सरसफाइ कार्यक्रम गरेको छ । सहकारीद्वारा सञ्चालित गार्डेन मार्ट डिपार्टमेन्टल स्टोर र पोखरा ५ वडाको समन्वयमा बागलुङ राजमार्ग क्षेत्रमा सरसफाइ गरिएको हो ।
कार्यक्रममा गार्डेन मार्ट प्रवन्धक अञ्जना थापाले राष्ट्रिय सहकारी दिवसको शुभकामना दिइन् । सहकारी प्रवन्धक रमेश न्यौपाने सरसफाइ कार्यक्रममा सहभागीलाई धन्यवाद ज्ञापन गरे । न्यापौनेले भने, ‘आउँदा दिनमा पनि यस्तै सामाजिक कार्यहरुमा सहभागी हुने वाचा गर्दछौं ।’
पोखरा ५ वडाध्यक्ष धनबहादुर नेपालीले सहकारीसँग समन्वय गरी अगाडि बढ्न पाउँदा खुसी व्यक्त गरे । उनले भने, ‘भविष्यमा पनि यस्ता कार्यहरुमा सहकारी प्रति सधैं सहयोगी भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->