बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

तेलको भाउ बढ्यो

तेलको भाउ बढ्यो


  • ढोरपाटन संवाददाता
  • चैत्र २३ २०७७, सोमबार

पोखरा, २३ चैत– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य बढाएको हो ।
मूल्य वृद्धिसँगै पेट्रोलको मूल्य प्रतिलिटर १ सय २० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको १ सय ३ रुपैया पुगेको छ । निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने नबढाएको जनाएको छ ।इण्डियन आयल कर्पोरेशनले मूल्य बढाएर पठाएको सूचना अनुसार नेपालमा मूल्य वृद्धि गरिएको निगमको भनाई छ । हालको मूल्य सूचि अनुसार अझै घाटा रहेको निमगको दाबी छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->