बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

गण्डकीका ३ उद्योग वाणिज्य संघ उत्कृष्ट

गण्डकीका ३ उद्योग वाणिज्य संघ उत्कृष्ट


  • ढोरपाटन सम्वाददाता
  • चैत्र २९ २०७७, आइतबार

पोखरा, २९ चैत– देशैभरका २१ मध्ये गण्डकी प्रदेशबाट ३ वटा उद्योग बाणिज्य संघ उत्कृष्ट भएका छन् । काठमाडौंमा भएको नेपाल उद्योग बाणिज्य महासंघको ५५ औं साधारणसभाको क्रममा नवलपुरको नवलपुर उद्योग वाणिज्य संघ, कास्कीको लेखनाथ उद्योग वाणिज्य संघ र म्याग्दीको म्याग्दी उद्योग ाणिज्य संघलाई उत्कृष्ट घोषणा गर्दै सम्मानित गरिएको हो ।
उद्योग वाणिज्य दिवस २०७७ को अवसर पारेर आयोजित महासंघको ५५ औं साधारणसभामा प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओलीले उत्कृष्ट उद्योग वाणिज्य संघका अध्यक्ष एवं प्रतिनिधिलाई सम्मानपत्र प्रदान गरे ।
उद्योग वाणिज्य महासंघको छनोट समितिले कामको मूल्याङ्कन गर्दै उत्कृष्ट घोषित गरेको नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष डासुराज पोख्रेलले बताए । उनले नयाँ जिल्लाको नयाँ उद्योग वाणिज्य संघ भएर प्राप्त सम्मानले जिल्लामा अवसर पनि छ भन्ने सन्देश दिएको बताए । नेपाल उद्योग वाणिज्य महासंघसँग देशभरका ११४ वटा उद्योग वाणिज्य संघहरु सदस्य छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->