
पर्वत, २९ चैत–पर्वतको पैयुँ गाउँपालिकामा शुक्रबार भएको आगलागीबाट पाँच ओटा घर र १२ ओटा जलेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक प्रदीप पौडेलका अनुसार दिउसो दुई बजे स्थानीय जंगलबाट सुरु भएको आगलागी बस्तीमा प्रवेश गरेपछि दुईवटा घर र १२ ओटा गोठ जलेर पूर्ण रूपमा नष्ट भएका छन् । तीनवटा घरमा आंशिक क्षति भएको छ । आगलागीमा परी मानवीय क्षति नभएको तर एक भैँसी, एउटा गाईको बाच्छा र एउटा बाख्रो मरेको छ । अहिले आगोलागी नियन्त्रणमा आएको छ ।





