बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

मौजाका कृषकहरुलाई बाख्रापालन तालिम

मौजाका कृषकहरुलाई बाख्रापालन तालिम


  • ढोरपाटन सम्वाददाता
  • चैत्र ३१ २०७७, मंगलबार

पोखरा, ३१ चैत– पोखरा–२०, मोहोरियाका बाख्रापालक किसानलाई एकदिने बाख्रापालन तालिम दिइएको छ । कार्यक्रममा ३० जना कृषकहरु सहभागीता रहेको थियो ।
पोखरा महानगरपालिका पशुसेवा शाखाको आयोजना तथा पोखरा महानगरपालिका वडा नम्बर २० को समन्वयमा व्यावसायिक कृषकहरुलाई लक्षित गरी सेवा केन्द्रस्तरीय तालिम दिइएको वडाध्यक्ष सीम गुरुङले बताए । पोखरा महानगरपालिका पशुसेवा शाखाका प्रमुख नवराज अधिकारीले पोखरा महानगरभित्रको एकमात्र बाख्रापालन गर्ने कृषकहरुद्धारा सहकारीलाई अझ राम्रो बनाउन सुझाए ।मौजा बाख्रापालन कृषि सहकारीको अध्यक्ष दुर्गाबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहकारीका लेखा समिति संयोजक भीमबहादुर गुरुङ, वडा सदस्य मोतीप्रसाद पौडेल, पशु सेवा केन्द्र भलामका प्रमुख पुष्प अधिकारीलगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->