बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

सामाजिक बहिस्करणको त्रासले लुकाईन्छ कुपोषण

सामाजिक बहिस्करणको त्रासले लुकाईन्छ कुपोषण


  • ढोरपाटन संबाददाता
  • बैशाख २ २०७८, बिहिबार

बागलुङ, २ बैशाख– धौलागिरी अस्पताल परिसरमा रहेको पोषण सुधार गृहमा दुई साता यता पाँच जना बालबालिकाले कुपोषणको उपचार गराईरहेका छन् । पोषण पुनस्थापनाका लागि भर्ना भएका बालबालिकामध्ये चार जना मात्रै पोषण गृहको शैयामा बस्छन् ।
बागलुङ बजारकै एक सम्पन्न परिवारका चार वर्षका बालक पनि कुपोषणको शिकार छन् । उनलाई पोषण पुनस्थापनाको लागि अस्पतालमा रहेको पोषण पुनस्थापना गृहमा भर्ना त गरिएको छ तर शैयामा राखेर बस्न उनको परिवार तयार छैनन् ।
बच्चामा कुपोषणको समस्या रहेको छिमेकीले जानकारी पाउँछन् भन्ने परिवारलाई लागेर उनको उपचार पोषण गृहको सल्लाहमा घरमै हुन्छ । ‘समयमा यहाँ आएर हामीले तयार गरेर खाना लिएर जानुहुन्छ भर्ना भएर बस्न मान्नुभएन्’ पोषण सुधार गृहका पोषण प्रबन्धक निशान्त आचार्यले भने ‘कुपोषण जस्तो समस्यामा पनि सामाजिक बहिस्करणको त्रास छ ।’
पोषण गृहमै आएका अर्का चार वर्षे बालककी आमा पनि भर्ना भएर बच्चाको पोषणमा सुधारका लागि तयार छैनन् । ‘घरमा अरु दुई बच्चा छन्, बुढाले काम गर्नुभएन भने छाक टर्दैन्’ उनले पोषण प्रबन्धकसँग भनिन् ‘औषधि दिनुस् घरमै गएर उपचार गर्छु ।’ कुपोषण आँफैमा रोग होईन तर कुपोषणका कारण अन्य रोगहरुको शिकार बालबालिका हुनसक्छन् । चेतनाको अभाव र सामाजिक बहिस्करणका कारण अहिले पनि बालबालिकामा हुने कुपोषणको उपचारमा अभिभावकहरु तयार नरहेको उल्लेखित उदाहरणहरुले देखाउँछ ।
‘हामीले निशुल्क बच्चा र अभिभावकलाई खाना खुवाएर कुपोषणको पुनस्थापना गर्छौं’ आचार्य भन्छन् ‘अझै कुपोषणको विषयमा चेतनाको अभाव रहेछ भन्ने देखिन्छ ।’ पोषण गृहले चालु आर्थिक वर्षको चैत मसान्तसम्म ७० जना बालबालिकालाई भर्ना गरेर पुनस्थापना गरेको छ ।
गृहमा आउने बालबालिकामध्ये बालकको संख्या धेरै छ । ३९ जना बालक र ३१ जना बालिकाको पोषण पुनस्थापना गरिएको प्रबन्धक आर्चाले बताए । जसमध्ये पाँच जना अहिले पनि पुनस्थापनाको क्रममा छन् । ‘कोरोना महामारीको समयमा अन्य समयमा भन्दा कुपोषित बालबालिकाले सुसार पाए’ आचार्य भन्छन् ‘लकडाउनका कारण अभिभावक घरमा रहँदा बालबालिकाले समयमा खाना पाए ।’
परिवारले समय नदिएकै कारण अधिकांश बालबालिकामा पोषण सम्बन्धि समस्या हुने गरेको पोषण पुनस्थापना गृहको अनुभव छ । ‘बच्चालाई दिनमा चार पटक पोषणयुक्त खानाको आवश्यकता पर्छ तर त्यस अनुसार अभिभावकले ख्याल नगरेका बालबालिका धेरै पीडित रहेको पाईन्छ’ उनले भने ‘खानाको तालिका बनाएर ध्यान दिनसके कुपोषणको समस्या आउँदैन् ।’
सुकेनास र फुकेनास दुवै किसीमका कुपोषित बालबालिकाको संख्या बढ्दै गएको उनले सुनाए । बागलुङमा बजारीकरण भएका क्षेत्र र ग्रामिण तहसम्म बालबालिकामा विभिन्न खालको कुपोषणको समस्या वृद्धि भएको उनको अनुभव छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->