बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

किवी खेतीमा पुनको मन

किवी खेतीमा पुनको मन


  • Dhorpatan News
  • बैशाख ३ २०७८, शुक्रबार

बागलुङ, ३ वैशाख– म्याग्दीको मालिका गाउँपालिका वडा नं. २ का मोहन बहादुर पुनले आफ्नो जग्गामा किवी खेती गरि राम्रो आम्दानी गर्न सफल भएका छन् । ४२ वर्षिय पुनले आफ्नो १९ रोपनी जग्गामा किवी खेतीबाट राम्रो आम्दानी गर्न सफल भएका हुन् ।
२०७४ सालदेखि ८० हजार रुपैयाँ लगानीमा किवी खेती गरेका पुनले पहिलो वर्ष २१ हजार रुपैयाँ आम्दानी गर्न सफल भएका छन् । कोदो, आलु र मकैबाट कुनै कमाई नपाएका पुनले किवी खेतीबाट आम्दानी भएपछि खुसी व्यक्त गरे । ‘कोदो, आलु र मकैबाट आम्दानी थिएन’, उनले भने, ‘त्यसैले किवी खेती गरेको छु ।’
पुनले गाउँमै पहिलोपटक किवी खेती गरेका हुन् । अहिले पुनको बारीमा १ सय २२ वटा किवीका बोट छन् । पुनले ८५ बाट थप गरि १ सय २२ पु¥याएका हुन् । आम्दानीको राम्रो स्रोत देखेपछि पुनले किवी खेतीलाई नै व्यावसायिक बनाउने सोच बनाएका छन् ।
किवी खेतीप्रति गाउँका मानिसहरु भने त्यति उत्साहित नदेखिएको उनी बताउँछन् । आफ्नो बारीमा उत्पादित किवी बिक्रीको लागि अन्यत्र जान नपरेको उनको भनाई छ । किवीको लागि अन्यत्रबाट माग आएको तर पु¥याउन नसकेको उनको भनाई छ ।
किवी खेतीको लागि चालु वर्षमा कृषि ज्ञान केन्द्रबाट ३ लाख रुपैयाँ अनुदान प्राप्त भएको उनले बताए । उनले गाउँमा किवीसँगै टनेलमा गोलभेडा खेती गर्ने सोँच बनाएको बताए । पुनले विदेशमा ३ वर्ष बिताएपछि फर्केर किवी खेती थालेका हुन् । उनको किवी खेतीमा श्रीमती दिलु पुनले साथ दिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->