बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पोउवा संघद्धारा देवचुली उवा संघको प्रतिनिधि मण्डलको स्वागत

पोउवा संघद्धारा देवचुली उवा संघको प्रतिनिधि मण्डलको स्वागत


  • ढोरपाटन सम्वाददाता
  • बैशाख ४ २०७८, शनिबार

पोखरा,४ वैशाख – पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले निजी क्षेत्र विकासको साझेदारको रुपमा काम गर्न तयार रहेको बताएका छन् । देशव्यापी सञ्जाल रहेको निजी क्षेत्रको मानमर्दन गर्ने गतिविधिहरु नगर्न उनले ३ वटै तहका सरकारसँग आग्रह पनि गरेका छन् ।
अध्ययन अवलोकन भ्रमणको क्रममा पोखरा आएको नवलपुरको देवचुली उद्योग वाणिज्य संघको प्रतिनिधि मण्डलसँग शुक्रबार भएको अन्तरक्रिया कार्यक्रममा उनले सो कुरा बताएका हुन् । पोखरा उद्योग वाणिज्य संघ स्थापना कालदेखि नै पोखराको विकास साझेदार भएको चर्चा गर्दै उनले व्यवसायीहरुले सामाजिक उत्तरदायित्व निभाउन कञ्जुस्याइँ गर्न नहुने बताए । गण्डकीको कान्छो जिल्ला नवलपुरको समृृद्धिसँग सिंगो गण्डकीको समृद्धि जोडिएकोले सो क्षेत्रको विकासमा गण्डकी सरकारले विशेष ध्यान दिनुपर्ने उनको भनाई थियो ।
कार्यक्रममा नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष खेमलाल सापकोटाले हिजो चन्दा दिँदा हैरान भएका व्यवसायीहरु अहिले ३ तहका सरकारलाई कर तिर्दा आजित भएको बताए । गण्डकीको कान्छो जिल्ला नवलपुरको विकासको लागि विभिन्न खाले आश्वासन आए पनि कार्यान्वयन पक्ष सुस्त भएको उनको गुनासो थियो ।
पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पवनकुमार प्रजापतिले कोभिड–१९ को प्रकोप र लकडाउनको बेला पनि लाइन लागेर राज्यलाई कर तिरेको स्मरण गर्दै व्यवसाय चौपट भएको बेला राज्यले व्यवसायीहरुलाई सघाउनुपर्ने धारणा राखे । देवचुलीका वरिष्ठ उपाध्यक्ष सत्यनारायण भुषालले उद्योग वाणिज्य संघहरुबीच भाइचाराको सम्बन्ध हुनुपर्नेमा जोड दिए ।
पोखरा उद्योग वाणिज्य संघका उपमहासचिव केशवबहादुर खत्रीले कोभिडको दोस्रो लहर सुरु भएकाले सचेततापूर्वक व्यापार÷व्यवसाय गर्न व्यवसायीहरुसँग आग्रह गरे ।अन्तरक्रियामा सामेल दुबै उद्योग वाणिज्य संघका पदाधिकारी तथा सदस्यहरुले सहकार्य र उद्योग÷व्यवसायीका समस्याबारे आ–आफ्ना धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->