पोखरा, ६ वैशाख– बुद्ध एयरले पोखराबाट ५ नयाँ गन्तव्यमा उडान गर्ने भएको छ ।
बुद्धले अबदेखि पोखरा–भैरहवा, पोखरा–सिमरा, पोखरा–नेपालगञ्ज,पोखरा–विराटनगर र भरतपुर–भैरहवा उडान गर्ने घोषणा गरेको छ । मे १ देखि यी गन्तव्यमा हप्ताको ३ दिन उडान हुने तर, यात्रुको चाप बढ्दै गएपछि दैनिक उडान गर्ने एयरलाइन्सले जनाएको छ । एयरलाइन्सले नयाँ गन्त्ब्यका लागि न्यूनतम भाडादर समेत सार्वजनिक गरेको छ । जसअनुसार पोखरा–नेपालगञ्ज ४५ सय, पोखरा–विराटनगर ६ हजार, पोखरा–सिमरा ४३ सय, पोखरा–भैरहवा ३१ सय टिकटदर तोकिएको छ ।





