पोखरा, ६ वैशाख– लोकप्रिय पेय पदार्थ कोका–कोला र हिमालयन क्लाइमेट इनिसिएटिभ(एचसीआई)ले हिमाल सफाई अभियान २०२१ को लागि नेपाली सेनासँग हातेमालो गरेको छ । हिमालयन क्षेत्रलाई सफा राख्न सुरु गरिएको यो राष्ट्रिय सफाई कार्यव्रmमको दोस्रो संस्करण हो । कार्यक्रमले हिमालहरुलाई बचाउने, जलवायु परिवर्तनको प्रभावलाई कम गर्ने र सगरमाथा, लोट्से, मकालु, धौलागिरी, पुमोरी र आमादब्लमलाई सफा गर्ने उद्येश्य राखेको हिमाल सफाई अभियान २०७८ का संयोजक लेफ्टिनेण्ट कर्णेल दीपक भण्डारीले बाए ।
उनले अभियानको लक्ष्य चुचुरोबाट सकेसम्म धेरै फोहोर भएको पनि बताए । बोतलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले अनुकरणीय संयुक्त प्रयासको हिस्सा हुन पाएकोमा खुसी व्यक्त गरे । नेपालका कोका–कोला कम्पनीका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले संसारलाई फोहररहीत बनाउन सन् २०३० सम्म कोकाकोलाले बेचेको बोतलहरु पुनप्र्रयोग गर्नु रहेको बताए ।





