पोखरा, ७ वैशाख– नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ गण्डकी प्रदेश अध्यक्षमा म्याग्दीका लिलाराम गौतम विजयी भएका छन् । म्याग्दीको सदरमुकाम बेनीमा भएको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनबाट प्रतिद्धन्द्धी जगदिश गौतमलाई पराजित गर्दै उनी अध्यक्षमा निर्वाचित भएका हुन् । लिलारामले ६९ मत र जगदिशले २७ ल्याएको निर्वाचन अधिकृत श्रीषराम शर्मा भण्डारीले बताए ।
अधिवेशनबाट वरिष्ठ उपाध्यक्ष देवकृष्ण काफ्ले,प्रथम उपाध्यक्षमा रामचन्द्र नेपाल,सचिवमा कृष्ण पोख्रेल,कोषाध्यक्षमा तारा घले, सहसचिव प्रदीप खनाल चुनिएका छन् । सदस्यहरूमा छायादेवी लुइँटेल, धनबहादुर अधिकारी, थानेश्वर सुवेदी, जनक पन्त, सरस्वती भण्डारी, तिलकराम पौडेल चयन भएको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी म्याग्दीक अध्यक्ष नवराज पौडेलले बताए ।





