पोखरा, ८ वैशाख– नेपाल नाई संघ कास्कीले वार्षिक भित्तेपात्रो विमोचन गरेको छ । विमोचन गर्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले भित्तेपात्रोको विमोचन गर्दै नाई पेशाकर्मीलाई सरकारी निकायमा दर्ता गरी व्यवसाय गर्न आग्रह गरे । उनले मापदण्ड पुगेका व्यवसायीलाई संघले सदस्यता दिने पनि बताए ।
पेशागत सुरक्षामा ध्यान दिन नाई संघलाई आग्रह गर्दै बालश्रम उन्मूलन योजनामा साथ दिन अनुरोध गरे । नाई संघका जिल्ला अध्यक्ष विगुलाल ठाकुरको अध्यक्षतामा भएको शुभकामना आदान प्रदान कार्यक्रममा संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष लालबाबु ठाकुरले कोरोना समयमा होसियारी पूर्ण सेवा गर्न अनुरोध गरे ।
कार्यक्रममा नेपाल नाई संघ गण्डकी प्रदेशका उपाध्यक्ष सन्तोष ठाकुर, सचिव धु्रर्व ठाकुर, यातायात मजदुर संघका गण्डकी प्रदेश अध्यक्ष किरणबाबु पन्त, नेपाल कारखाना श्रमिक संघका केन्द्रीय उपमहासचिव केशवराज भट्टराई, नेपाल ट्रेड युनियन कांग्रेस कास्कीका सहसचिव केदार धमला, नाई संघका अगुवा नेता भुनेषकुमार ठाकुर, नाई संघका जिल्ला सचिव दिपा ठाकुर, आनन्द ठाकुर, एनटियुसी कास्कीका युवा समिति संयोजक सूर्य पराजुलीलगायतले शुभकामना व्यक्त गरेका थिए ।





