शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

कोरोना मुक्त मुस्ताङमा ‘मास्क लगाउ’ अभियान

कोरोना मुक्त मुस्ताङमा ‘मास्क लगाउ’ अभियान

मास्कविना मुस्ताङ जिल्ला प्रवेश निशेध


  • आदित्य रसाइली
  • बैशाख ८ २०७८, बुधबार

जोमसोम, ८ बैशाख – हिमालपारिको जिल्ला मुस्ताङमा अव मास्कविना प्रवेश गर्न नपाइने भएको छ । यसका लागि प्रहरीले कोरोना मुक्त मुस्ताङमा ‘मास्क लगाउ’ अभियान सुरु गरेको छ । स्वास्थ्य सुरक्षा मापदण्डविना जिल्लामा आउने पर्यटक संख्या वढ्दै गएपछि जिल्ला प्रवेश गर्दा मास्कको प्रयोग अनिवार्य गरिएको हो । पछिल्लो क्रममा कोरोनाको जोखिम बढ्दै गएकाले जिल्ला भित्रिने पर्यटकलाई मास्कको अनिवार्य प्रयोग गर्न भनिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । जिल्ला ट्राफिक कार्यालयले सवारी साधन मार्फत जोमसोम भित्रिने प्रत्येक पर्यटकलाई अनिवार्य रुपमा मास्कको प्रयोग गराएको छ ।

जिल्लामा भित्रिने प्रत्येक पर्यटकले अनिवार्यरुपमा मास्कको प्रयोग गरे नगरेको नियमित अनुगमन गरिएको जिल्ला ट्राफिक कार्यालय मुस्ताङका इन्चार्ज बिष्णुबहादुर नेपानीले जानकारी दिए । उनका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या वृद्धि हुँदै गइरहेकाले मुस्ताङलाई पनि यसले प्रभावित तुल्याउन सक्ने भएकाले कोरोना मुक्त मुस्ताङमा ‘मास्क लगाउ’ अभियान सुरु गरिएको हो ।
जोमसोम आइपुगेका पर्यटकहरुले यदी मास्कको प्रयोग नगरी यात्रा गरेको पाइएमा डिउटीमा खटिएका ट्राफिक प्रहरीले नमस्कारसहित यात्रुलाई मास्कको प्रयोग गर्न अनुरोध गर्ने गरेको ट्राफिक इन्चार्ज नेपालीले बताए । उनले यात्रुसँग मास्क उपलब्ध नभएमा नजिकैको पसलमा खरिद गर्न सहजीकरण समेत गर्ने गरेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->