बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

सेवाग्राहीको उत्साहले थपियो बजाज एक्सचेन्ज मेलाको मिति

सेवाग्राहीको उत्साहले थपियो बजाज एक्सचेन्ज मेलाको मिति


  • ढोरपाटन सम्वाददाता
  • बैशाख ११ २०७८, शनिबार

पोखरा, ११ वैशाख– नयाँ वर्षको अवसरमा इच्छा शक्ति अटोमोबाइल्सको आयोजनामा भएको बजाज एक्सचेन्ज मेलामा सेवाग्राहीको चाप बढ्न थालेपछि एक्सचेन्ज अफर मेलाको समय थप गएिको छ । ग्राहकको अत्याधिक चापको कारणले गर्दा बजाज एक्सचेन्ज अफरको समय थप गरि वैशाख १२ देखि वैशाख १७ गतेसम्म थप गरिएको हो । बजाजले कुनै पनि ब्राण्डका मोटरसाईकल तथा स्कुटर प्रचलित बजार मुल्याङ्कन भन्दा १५ हजार रुपैयाँ थप गरि एक्सचेन्जको अफर दिएको छ । यस्तै मेलामा प्रत्येक बजाज मोटरसाईकल खरिद गर्दा आकर्षक उपहार स्वरुप हेल्मेट, लेगगार्ड, ब्याग र मोटरसाइकल कभर प्राप्त गर्नेछ । नयाँ वर्षको बजाज शुन्य अफर अनुसार १० हजारदेखि १० लाख रुपैँयासम्म प्राप्त गर्न सकिनेछ । नयाँ वर्षको अवसरमा बजाजले शुन्य प्रतिशत ब्याजदरमा फाईनान्सको सुविधासमेत दिएको इच्छाशक्ति अटोमोबाइल्स प्रा.लि. उत्तमचोक शाखाका प्रबन्धक भगवान बिजुक्छेले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->