शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

व्यवसायमा सर्तकता अपनाउन संघ र मञ्चको आव्हान

व्यवसायमा सर्तकता अपनाउन संघ र मञ्चको आव्हान


  • ढोरपाटन सम्वाददाता
  • बैशाख १७ २०७८, शुक्रबार

बागलुङ, १७ वैशाख– बागलुङ उद्योग बाणिज्य संघ र राष्ट्रिय उपभोक्ता मंच बागलुङले कोरोना संक्रमणबाट बच्न आम नागरिक र व्यवसायीलाई आब्हान गरेका छन् । दुवै संस्थाले संयुक्त बिज्ञप्ती प्रकाशित गरेर हरेक स्थानमा सरकारले जारी गरेका स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य पालना गर्न पनि आग्रह गरेका छन् । कोरोना संक्रमणबाट बागलुङ जोखिमको क्षेत्रमा सूचिकृत भएकोले बिज्ञप्तीमार्फत सबैलाई सचेत बनाईएको उल्लेख छ ।
बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारी र मंचका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले हस्ताक्षर गरेको बिज्ञप्तीमा बैशाख ६ गते सरकारले जारी गरेको सुरक्षा मापदण्ड अनिवार्य पालनामा जोड दिइएको छ । उनीहरुले सकेसम्म घरबाहिर कोही पनि ननिस्कन र निस्कनै परेमा मापदण्ड पालना गर्न आगह गरेका हुन् ।
होटल, उद्योग, व्यवसाय, डिपार्टमेन्ट स्टोर पार्टी प्यालेसजस्ता स्थानमा बढी सर्तकता अपनाउनुपर्ने बताइएको छ । त्यस्तै बिबाह, भोजभतेर जस्ता कार्य गर्दा सचेत बन्नुपर्ने, तोकिएको मापदण्ड अनुसार काम गर्नुपर्ने, भीड नगर्ने आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->