पोखरा, १८ बैशाख – अमेरिकाले नेपाललाई कोरोना महामारी सामना गर्न थप ८५ लाख डलर सहयोग प्रदान गर्ने भएको छ। नेपालमा कोरोना महामारीले झन विकराल रुप लिएपछि आपतकालीन सेवाका लागि अमेरिकी सहयोग नियोग (यूएसएड) मार्फत् सो सहयोग प्रदान गरिएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ।
नेपाल र यूएसएड मिलेर सबैभन्दा जोखिममा रहेका समूहलाई सहयोग गर्न समुदाय तहमै काम गर्नेछन्। सो सहयोगबाट कोभिड काउन्सिलिङ (परामर्श), पोषण परामर्श, स्वास्थ्य सेवामा पहुँच, जटिल एचआईभी सेवा प्रदान लगायतका सेवा प्रदान गरिने बताइएको छ।





