शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

मुस्ताङ प्रशासन मंगलबारदेखि बन्द रहने

मुस्ताङ प्रशासन मंगलबारदेखि बन्द रहने


  • आदित्य रसाईली
  • बैशाख २० २०७८, सोमबार

मुस्ताङ, २० वैशाख – कोरोना जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय मुस्ताङले मंगलबारदेखि नियमित सेवा बन्द गर्ने भएको छ । जोखिम कम गर्न अत्यावश्यक बाहेकका सेवा बन्द गर्न लागिएको प्रशासनले जनाएको छ । प्रशासनका सेवा बन्द गरेको बिषयमा जानकारी गराएको प्रशासनले कहिले सम्म बन्द रहने भन्ने बिषयमा भने जानकारी गराएको छैन् । आईतबार जिल्ला प्रशासन कार्यालय मुस्ताङले प्रकाशित गरेको सूचनामा कोरोनाको दोश्रो लहर मुस्ताङमा समेत फैलिन थालेको जनाउदै अर्को सूचना जारी नभएसम्म अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द गरिएको जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी जगदीश अर्यालद्धारा जारी गरिएको सूचनामा कोभिड—१९ को बढ्दो संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्ला स्थित कार्यालय र पसल लगायतका सार्वजनिक स्थलमा आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन सर्वसाधरणमा अपिल गरेको छ ।
यस्तै, खानेपानी, जलश्रोत तथा सिचाई सव डिभिजन कार्यालय मुस्ताङ पनि सोमबारदेखि बन्द भएकाछन् । सिचाई सव डिभिजन कार्यालयका २ जना कर्मचारीमा कोरोना संक्रमण देखिएसंगै कार्यालयले दिदै आईरहेको सेवा अनिश्चितकालका लागि बन्द भएको जनार्ईएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->