शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

मनाङमा चामेले बनायो १० शैयाको आइसोलेसन कक्ष

मनाङमा चामेले बनायो १० शैयाको आइसोलेसन कक्ष


  • ढोरपाटन सम्वाददाता
  • बैशाख २१ २०७८, मंगलबार
फाईल तस्विर

मनाङ, २१ वैशाख – मनाङमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि स्थानीय तहले सतर्कता अपनाउन थालेका छन् । मनाङको चामे गाउँपालिकाका ४ जनामा संक्रमण देखिएपछि गाउँपालिकाले १० शैयाको अस्थायी आइसोलेसन कक्ष निर्माण गरेको छ ।
गाउँपालिकामा रहेको कबर्डहल प्रयोग गरेर गाउँपालिकाले आइसोलेसन कक्ष निर्माण गरेको हो । जिल्ला अस्पतालमा बिरामीको चाप हुनसक्ने भन्दै गाउँपालिकाले आफ्नै लगानीमा १० शैयाको अस्थायी अस्पताल बनाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर चन्दले बताए । गाउँपालिका अध्यक्ष लोकेन्द्र घलेको अध्यक्षतामा बसेको स्थानीय कोभिड व्यवस्थापन समितिको वैटकले संक्रमितहरुको थप उपचारमा सहयोग गर्न रेडक्रससँग सहकार्य गरेर निशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने निर्णयसमेत गरेको छ ।
गण्डकी प्रदेश सरकारले उपलव्ध गराएको भेन्टिलेटर जनशक्ति अभावमा सञ्चालनमा नआएको भन्दै गाउँपालिकाले भेन्टिलेटर सञ्चालनको तयारीसमेत थालेको छ । एमडिजिडिपी गरेका डाक्टरको अभावमा थन्किएको भेण्टिलेटर र अक्सिजन सञ्चालनका लागि करारमा चिकित्सक नियुक्ती गर्ने प्रक्रिया अघि बढाइएको चन्दले बताए । मनाङमा चामे गाउँपालिकामा ४ जना र उपल्लो मनाङमा ३ जना गरी ७ जना सक्रिय संक्रमित आइसोलेसनमा छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->