बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बागलुङमा वित्तीय संस्था दैनिक २ घण्टा खुल्ने

बागलुङमा वित्तीय संस्था दैनिक २ घण्टा खुल्ने


  • ढोरपाटन सम्वाददाता
  • बैशाख २१ २०७८, मंगलबार
फाईल तस्विर

बागलुङ, २१ वैशाख– प्रशासनले निषेधाज्ञा जारी गरेकोले मंगलबारदेखि बागलुङका वित्तीय संस्था दैनिक २ घण्टामात्रै खुल्ने भएका छन् । प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले बिहान ११ बजेदेखि दिउँसो १ बजे सम्ममात्रै कार्यालय खुल्ने निर्णय गरिएको हो ।
महामारीको रुपमा फैलिएको कोभिडको नयाँ भेरियन्टसहित आएकोले सबै क्षेत्रलाई पूर्ण निषेध गर्न वित्तीय क्षेत्रलाई पनि सीमित रुपमा खोल्ने निर्णय गरिएको उल्लेख छ । अत्यावश्यक सेवाको रुपमा रहेकोले बन्दै गर्न भने नमिलेको बैठकका सहभागी बैंकर्स एसोसिएसन अध्यक्ष दीपक शर्माले जानकारी दिए ।
बैठकमा प्रमुख जिल्ला अधिकारी कार्कीसहित प्रशासकीय अधिकृत सूर्यलाल विश्वकर्मा, जिल्ला सहकारी संघका अध्यक्ष दीपक गौतम, बैंकर्स एसोसिएसनका अध्यक्ष दीपक शर्मा, सचिव ओमप्रकाश शर्मा, कोषाध्यक्ष विकास पौडेल, ग्लोबल आइएमइ बैंकका प्रबन्धक हेमराज शर्मा र ग्रीन डेभलपमेन्ट बैकका सुदीप राजभण्डारी सहभागी थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->