बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

म्याग्दीमा उपभोग्य बस्तुको मूल्यमा मनपरी

म्याग्दीमा उपभोग्य बस्तुको मूल्यमा मनपरी

खाने तेलको मूल्य अचाक्ली बढ्यो, मर्कामा उपभोक्ता ।


  • ढोरपाटन सम्वाददाता
  • बैशाख २३ २०७८, बिहिबार
बजारबाट खरिद गरेर ल्याएको तेलसँगै उपभोक्ता सिर्जना भट्टचन । तस्वीर : ढोरपाटन

बेनी, २३ बैशाख– बेनी नगरपालिका–७, बिरेन्द्रचोककी सिर्जना भट्टचनले एक साता अगाडी २२ सय तिरेर खरिद गरेको एक प्याक खाना पकाउने तेललाई बुधबार २४५० तिरिन् । कोरोनाको जोखिमसँगै लकडाउनका कारण तेल आयात हुन नसकेको बताएपछि भट्टचनले व्यापारीले तोकेकै मुल्यमा लिएर आइन् । एउटै ब्राण्डको तेलमा साढे दुई सय मंहगो तिरेकी भट्टचनले कोरोनाको बाहनामा भटमासको तेल, सूर्यमुखि तेल लगायत विभिन्न ब्राण्डको खाने तेलको मूल्य अस्वभाविक रुपले बढेको बताइन् ।
‘कोरोनाको जोखिमले उपभोक्ताले मार खेप्नुपरेको छ,’,उनले भनिन्,‘भान्छामा चाहिने सबै उपभोग्य बस्तुको मूल्य केहीदिन यता ह्वात्तै बढेको छ’उनले भनिन् । प्रतिलिटर तेलको मूल्यमा करिब ५० रुपैयाँसम्म बढेको उपभोक्ताले गुनासो गरेका छन् । जिल्ला प्रशासन कार्यालयले वैशाख २२ गते रातिदेखि लागु हुने गरी १० दिने निषेधाज्ञा जारी गरेपछि बजारमा खाद्यान्न साम्रगीको मूल्य अस्वभाविक रुपमा बढेपनि सम्बन्धित निकायले चासो देखाएका छैनन् । निषेधाज्ञा अवधिभरलाई आवश्यक उपभोग्य बस्तु खरिद गर्न लागेका सर्वसाधारणलाई ब्यापारीले आफूखुसी मनपरी मूल्य लिने गरेका छन् ।बेनीबजारमा प्रतिकेजी चिनको मुल्य १ सयसम्म लिने गरेको पाइएको छ भने चामल, दाललगायतका खाद्यान्न बस्तुको मुल्यमा समेत मनोमानी मुल्य बढाउने गरिएको छ ।
उपभोग्य बस्तुको मुल्यमा वृद्धि भए पनि आम उपभोक्ताहरुले बढी मूल्य तिरेर भएपनि खरिद गर्न बाध्य भएको विषयमा गुनासो आएको म्याग्दी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठले बताए । ‘तेलमा मूल्य बढेको अवस्था देखिन्छ’, उनले भने,‘अन्य उपभोग्य बस्तुमा धेरै गुनासो आएको छैन ।’ तेलको मूल्य स्थानीय व्यापारीले भन्दा पनि कम्पनीबाटै बढेको अवस्थाका बारेमा जिल्ला प्रशासन कार्यालयमा समेत जानकारी गराइएको उनले बताए । यता जिल्ला प्रशासनबाट हुने बजार अनुगमन औपचारिकतामा मात्रै सीमित हुने गरेको पाइन्छ । सहायक प्रजिअको नेतृत्वमा हुने बजार अनुगमनबाट समेत महंगी नियन्त्रण हुने गरेको छैन् । केही दिन अगाडी समेत बजार अनुगमन गरिएको थियो । बजार क्षेत्रमा दैनिकी उपभोग्य बस्तुको मुल्य कसरी बढी रहेछ भन्ने बिषयमा सम्बन्धित निकायले चासो देखाउनुपर्नेमा उपभोक्ताले माग गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->