बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

तोकिएको समयमा मात्र सामान वितरण गर्न पोउवा संघको आग्रह

तोकिएको समयमा मात्र सामान वितरण गर्न पोउवा संघको आग्रह


  • ढोरपाटन सम्वाददाता
  • बैशाख २३ २०७८, बिहिबार

पोखरा, २३ वैशाख– पोखरा उद्योग वाणिज्य संघले स्थानीय प्रशासनले तोकेको समयमा मात्र सामान वितरण गर्न व्यवसायीहरुसँग आग्रह गरेको छ ।
स्थानीय प्रशासनले तोकेको बिहान ५ देखि ९ बजेपछि पनि सहरमा खाद्यान्न साम्रग्रीहरुको खुद्रा ढुवानी गर्ने सवारी साधन चलेको गुनासो आएसँगै संघले अत्यावश्यक सामग्री वितरण गर्दा यस अघिजस्तै खुद्रा पसलहरुमा सानो परिणाममा दिनभर सामान बेच्ने तथा घरघरमा डेलिभरी नगर्न आग्रह गरेको हो ।
संघका महासचिव सुरेन्द्रमान विजुक्छेद्धारा बुधबार जारी विज्ञप्तिमा स्थानीय प्रशासनले तोकेको मापदण्ड पालना गर्नु आफ्नो सुरक्षाको लागि पनि भएको स्मरण गराइएको छ । स्थानीय प्रशासनले बुधबार पोखराका विभिन्न ठाउँमा तोकिएको समयभन्दा पछाडि गुडेका सवारी साधनहरु रोकेको थियो ।
‘स्थानीय प्रशासनले खाद्यान्नसहित पशुपंक्षीका दाना,दूध, फलफूल,माछामासु,ग्यास,पानीजस्ता अत्यावश्यक सामग्री आपूर्ति गने सवारी साधनलाई निर्वाध संचालनको अनुमतिसहित स्थानीय तहमा यी सामग्रीहरु बिक्री बितरणको लागि बिहान ५ बजेबाट ९ बजेसम्म समयावधि निर्धारण पनि गरिएको छ’, विज्ञप्तिमा भनिएको छ,‘ संकटको यो घडीमा उद्योगी÷व्यवसायीहरुले अत्यावश्यक सामग्रीको ढुवानी गर्नैपर्छ तर निषेध गरिएका क्रियाकलापहरु आफ्नै सुरक्षाका खातिर हुन् भन्ने मनन पनि गर्नुृपर्छ ।’ संघले संकटको यो घडीमा त्राहिमाम रही अत्यावश्यक सामग्रीको आपूर्तिमा खट्ने सबै उद्योगी÷व्यवसायीहरुप्रति हार्दिक कृतज्ञता ज्ञापन पनि गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->