बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

एनसेलको राहत अफर, रिचार्ज गर्दा डाटा बोनस

एनसेलको राहत अफर, रिचार्ज गर्दा डाटा बोनस


  • ढोरपाटन संवाददाता
  • बैशाख २४ २०७८, शुक्रबार

काठमाण्डौ, २४ वैशाख– एनसेलले विभिन्न उपभोक्तामैत्री राहत अफरहरु ल्याएको छ। प्रत्येक रिचार्जमा बोनस, डाटा सेवामा आकर्षक बोनस, घरबाटै काम गर्न र अनलाइन कक्षाका लागि प्याकहरु, र एनसेल सापटीमा विभिन्न थप सुविधाका राहत अफर ल्याएको हो ।

कोरोना महामारी रोगबाट बच्न घरघरमा बसेका ग्राहकहरुलाई आफ्ना परिवार, आफन्त र साथीभाइसँग सम्पर्कमा रहिरहन र कुनै पनि आपतकालीन अवस्थामा आवश्यक सहयोग लिनका लागि उक्त अफरले सहयोग गर्ने एनसेलले लिएको छ ।

एनसेलले ५० देखि ९९ रुपैयाँको रिचार्जमा ५० एमबी बोनस डाटा दिएको छ। त्यसैगरी १०० देखि १९९, २०० देखि २९९ र ३०० देखि ४९९ रुपैयाँसम्म रिचार्जमा ग्राहकले क्रमशः १००, २०० र ३०० एमबी डाटा बोनसको रुपमा प्राप्त गर्दछन् । ५०० देखि ९९९ रुपैयाँको रिचार्जमा ग्राहकले ५०० एमबी बोनस डाटा तथा र १००० वा त्यसभन्दा बढी रुपैयाँको रिचार्जमा १००० एमबी डाटा बोनस स्वरुप प्राप्त गर्ने एनसेलले जनाएको छ ।

यस्तै, वैशाख २१ देखि सञ्चालनमा आएको ३० दिने डाटा प्याकको खरिदमा प्याकमा पाइने भोल्युम बराबर नै थप डाटा बोनस स्वरुप प्राप्त गर्दछन् । ग्राहकले करसहित २४९ रुपैयाँमा ३ दशमलब ५ जीबी डाटा लिन सक्छन् । त्यति नै डाटा भोल्युम बोनस अर्थात् कुल ७ जीबी डाटा प्राप्त गर्नेछन्। त्यसैगरी करसहित ३९९ रुपैयाँमा ६ जीबी डाटा लिने ग्राहकले थप ६ जीबी बोनस डाटा पाउने गरी कुल १२ जीबी, रु ४९९ मा १० जीबी डाटा खरिद गर्नेले कुल २० जीबीे डाटा पाउँछन् ।

वर्क फ्रम होम अफरः यस विपद्को घडीमा कार्यालयको कामकाज तथा पढाइको काम घरबाटै गर्नुपर्ने ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राख्दै एनसेलले दैनिक तथा साप्ताहिक डाटा प्याक ल्याएको छ । दैनिक डाटा प्याकमा ग्राहकले कर सहित मात्र ३१ रुपैयाँमा २ जीबी एप डाटा प्राप्त गर्छन र त्यस डाटा भोल्युममार्फत माइक्रोसफ्ट टिम्स्, जुम तथा गुगल मीट जस्ता प्लेटफर्म बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म प्रयोग गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->