
पोखरा, २५ वैशाख – गण्डकी प्रदेशमा शनिवार ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीका २ जना रहेका छन भने पर्वतका एक जनाको मृत्यु भएको हो । कास्की पोखरा महानगरपालिका-१० का ८१ वर्षीय वृद्ध र पोखरा- १३ की ४८ वर्षीय महिलाको मृत्यु भएको हो । पर्वत कुश्मा-१ का ४० वर्षीय पुरुषको मृत्यु भएको हो । यो संगै गण्डकीमा मृतकको संख्या २५१ पुगेको छ ।





