बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

जलजलाका अध्यक्ष र उपाध्यक्ष चड्ने गाडीलाई एम्बुलेसन्स बनाइयो

जलजलाका अध्यक्ष र उपाध्यक्ष चड्ने गाडीलाई एम्बुलेसन्स बनाइयो


  • ढोरपाटन सम्वाददाता
  • बैशाख २७ २०७८, सोमबार

बेनी, २७ बैशाख –पर्वतको जलजला गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले आफू चढ्ने गाडीलाई एम्बुलेन्समा परिणत गरेका छन् । संक्रमित बिरामी बोक्ने एम्बुलेन्स अभाव भएपछि अध्यक्ष र उपाध्यक्षले प्रयोग गर्दै आएको सवारी साधनलाई एम्बुलेन्सका बनाइएको हो । गाउँपालिका अध्यक्ष यामबहादुर मल्लले प्रयोग गर्ने बा २ झ ४२२२ को स्कार्पियो र उपाध्यक्ष सीमा गर्बुजा पुनले प्रयोग गर्ने ग १ झ ४२२ नम्बरको बोलेरो गाडीलाई एम्बुलेन्सका रूपमा प्रयोग गरिएको अध्यक्ष मल्लले बताए ।
‘कोरोना बाहेक अन्य रोगबाट समेत ग्रसित भएकालाई समेत उपचारमा कुनै कमी हुनेछैन’,अध्यक्ष मल्लले भने,‘आर्थिक अवस्था कमजोर भएकालाई वडामार्फत् समन्वय गर्न अपिल गर्छु ।’जलजला गाउँपालिका भित्र कोरोना संक्रमणबाट अहिलेसम्म ३ जनाको ज्यान गइसकेको छ भने केहीको अवस्था गम्भीर रहेको छ । पालिकामा ४५ जनामा कोरोना संक्रमण देखिएकोमा सक्रिय ३५ जना रहेको बताइएको छ । जलजलाबाट स्बाब दिन बेनी अस्पतालमा आएकामा दैनिकजसो कोरोना संक्रमण पुष्टि हुने गरेको छ । संक्रमति मध्ये अधिकांश होम आइसोलेसनमा रहेका छन् । यसैबीच गाउँपालिकाले जलजला–८ फर्सेमा अस्पताल २० शैयाको कोरोना अस्पताल सञ्चालनमा आएको छ ।मध्यपहाडी लोकमार्गलाई जोड्ने बेनी–मालढुङ्गा सडकको नजिकै अस्पताल सञ्चालनमा ल्याइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताए । अस्पतालको ६ वटा बेडमा अक्सिजन समेत जडान गरिएको छ भने बाँकीमा समेत तयारी भइरहेको जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->