बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

चेपुवामा बैंक तथा वित्तिय संस्था

चेपुवामा बैंक तथा वित्तिय संस्था


  • ढोरपाटन संवाददाता
  • बैशाख ३१ २०७८, शुक्रबार

नवलपुर, ३१ वैशाख– जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकारले फरक फरक निर्देशन दिएपछि यहाँका बैंक तथा वित्तिय संस्था चेपुवामा परेका छन् । खुल्ने समयका सन्दर्भमा फरक फरक निर्देशन आएपछि नवलपुर सदरमुकाम कावासोतीमा रहेका बैक तथा वित्तिय संस्थाहरु चेपुवामा परेका हुन् ।
अधिकांश कर्मचारी संक्रमित हुँदासमेत सेवा प्रवाह गरिरहेका बैंक तथा वित्तिय संस्थालाई प्रशासनले दैनिक दुई घण्टा र नगरपालिकाले आलोपालो सातामा दुई पटक खोल्न निर्देशन दिएका छन् ।
नगरपालिकाको निर्णय र निर्देशन बमोजिम नै कावासोती नगरक्षेत्रमा रहेका बैंक तथा वित्तिय संस्थाहरुले अहिलेसम्म सेवा प्रवाह गरेका छन् । तर, पुनः जिल्ला प्रशासन कार्यालयले सबै बैंक तथा वित्तिय संस्थालाई हरेक दिन बिहान १० बजेदेखी १२ बजेसम्म सेवा संचालन गर्न सूचना जारी गरेपछि बैकका कर्मचारीहरु अन्यौलमा परेका हुन् ।
प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले बैंक तथा वित्तिय संस्था अति आवश्यक सेवाभित्र पर्ने भएकाले र जिल्लाका सबै बैंक तथा वित्तिय संस्थाहरुमा एकरुपता ल्याउन जिल्लाका सबै बैंकहरुलाई दैनिक २ घण्टा सञ्चालनमा ल्याउन निर्देशन दिइएको बताईन् ।
यता, कावासोती नगरपालिकाका उपप्रमुख प्रेमशंकर मर्दनियाले कावासोतीमा संक्रमण दरको अवस्था जटिलतातर्फ गएकाले भीडभाड कम गरी संक्रमण न्यूनिकरणमा मद्दत पुग्ने ध्येयका साथ आलोपालो नियम बनाईएको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->