शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

‘कोरोना नियन्त्रण गर्न चीन, बेलायत र स्वीट्जरल्याण्डबाट ठूलो सहयोग आउँदैछ’ (भिडियो वार्ता)

‘कोरोना नियन्त्रण गर्न चीन, बेलायत र स्वीट्जरल्याण्डबाट ठूलो सहयोग आउँदैछ’ (भिडियो वार्ता)


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १ २०७८, शनिबार

काठमाडौं, १ जेठ – परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले कोरोना महामारी नियन्त्रण गर्न चीन, बेलायत र स्वीट्जरल्याण्डबाट ठूलो सहयोग आउन लागेको खुलाएका छन्। ‘प्रधानमन्त्रीले नै महामारी नियन्त्रणमा छिमेकी र मित्र राष्ट्रहरूको सहयोग आह्वान गरेपछि सहयोग आउने क्रम सुरु भएको छ’, ज्ञवालीले भने, ‘बेलायत, चीन र स्वीट्जरल्याण्डबाट चाँडै नै ठूलो सहयोग आउँदैछ।’
सरकारले कोरोना महामारी नियन्त्रण गर्न योजनावद्ध रुपमा काम गरिरहेको र अमेरिका, भारतसहितका देशहरूसँग सहयोग जुटाउन पहल भइरहेको ज्ञवालीले बताएका हुन्।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का सदस्य समेत रहेका ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीले महामारी नियन्त्रणमा जुट्न मन्त्री र उच्च तहका कर्मचारीहरूलाई विशेष निर्देशन दिएको र त्यसअनुसार अहिले राज्यको शक्ति यसमा सक्रिय भएको बताए। पत्रकार कनकमणि दीक्षितसँग लामो भिडियो संवादमा परराष्ट्रमन्त्री ज्ञवालीले महामारी अहिलेसम्म नियन्त्रण बाहिर नगएको र तत्काल स्वास्थ्य संकटकाल लगाउनु पर्ने अवस्था नरहेका प्रष्ट्याएका छन्।

महामारी नियन्त्रणमा सरकारको कार्ययोजना, अक्सिजन व्यवस्थापन र खोपको उपलब्धता, भारतसँगको खुला सीमा व्यवस्थापन जस्ता विषयमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीसँग पत्रकार कनकमणि दीक्षितले गरेको भिडियो संवाद हेर्नुहोस्ः

श्रोत: नेपाल खबर

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->