
बागलुङ, ६ जेठ– नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणकालागि शेयर निस्कासन गर्ने भएको छ ।
संस्थाले सर्वसाधारणकालागि छुट्टाएको ८ लाख २८ हजार ७ सय ५० कित्ता साधारण शेयर सार्वजनिक निस्कासन गर्ने भएको छ । सो को लागि संस्थाले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाइ निस्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
संस्थाका कार्यकारी अध्यक्ष विश्वप्रकाश प्रसाई र क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकालले हस्ताक्षर गरेका छन् ।
नेष्डो पर्वतमा मुख्य कार्यालय रहेर काम गरिरहेको संस्था हो । २०७४ साल चैत २८ गते पब्लिक लिमिटेड कंपनीको रुपमा कंपनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको थियो । संस्थाले नेपाल राष्ट्रबैकबाट राष्ट्रिय स्तरमा काम गर्न घ बर्गको बित्तीय कारोबार गर्न २०७५ माघमा इजाजत दिएको थियो ।
बित्तीय संस्थाको अधिकृत पूँजि ५० करोड रुपैयाँ छ । जारी पूँजि २५ करोड ५० लाख रहेको संस्थामा ८१ जना व्यक्ति र २ संस्था गरी ८३ जना संस्थापक शेयरधनी छन् । संस्थाको चुक्ता पूँजि १७ करोड २१ लाख २५ हजार रहेको प्रसाइले बताए । हाल संस्थाले ५६ शाखा कार्यालयबाट सेवा प्रवाह गर्दै आएको संस्थाका बरिष्ठ प्रबन्धक युधिष्ठिर भुषालले जानकारी दिए ।





