बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

ललितपुरमा अक्सिजन सिलिन्डर कालोबजारी गर्ने ३ पक्राउ

ललितपुरमा अक्सिजन सिलिन्डर कालोबजारी गर्ने ३ पक्राउ


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ६ २०७८, बिहिबार

पोखरा,६ जेठ– ललितपुरमा अक्सिजन सिलिन्डरको कालोबजारी गरेको अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट फैलिएसंगै देशभर अक्सिजन अभाव भइरहेको छ । पछिल्लो समय कोरोनाबाट मृत्यु हुनेको तथ्याङ्क हेर्दा देशको राजधानी लगायत अन्य जिल्लामा अक्सिजन अभावकै कारण संक्रमितले ज्यान गुमाउन बाध्य भएका छन् । ललितपुर महानगरपालिका १४ महालक्ष्मीमा अक्सिजन सिलिन्डरको कृतिम अभाव सिर्जना गर्दै बढि मुल्यमा बेच्दै आएका ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
नुवाकोट विदुर नगरपालिका ३ घरभई ललितपुर सातदोबाटो बस्दै आएका ३९ वर्षीय रामकृष्ण घिमिरे, मकवानपुर हेटौडा उपमहानगरपालिका ६ घर भई लगनखेल बस्दै आएका ४२ वर्षीयनवराज खनाल र धादिङ गल्छी गाउँपालिका २ घरभई ललितपुर महालक्ष्मी नगरपालिका २ इमाडोल बस्दै आएका ४२ वर्षीय रामशरण अधिकारीलाई पक्राउ गरेको हो ।
कोरोना महामारी फैलिएसंगै अक्सिजनको खपत बढिरहेको बेला ललितपुरमा कृतिम अभाव गरी बढि मुल्यमा सिलिन्डर बिक्रि गरेको भन्ने सुचनाका आधारमा महानगरीय प्रहरी परिसर ललितपरबाट खटिएको प्रहरी उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुले १५ हजारसम्म पर्ने सिलिन्डरलाई ४१ हजार रुपैयासम्म विक्रि गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीहरुको साथबाट अक्सिजन भरिएको सिलिन्डर १ थान, ४ थान रसिद र नगद ४१ हजार रुपैँया समेत बरामद गरिएको छ । उनीहरु विरुद्ध कालोबजार तथा केही अन्य सामाजिक अपराध ऐन अन्तर्गत मुद्धा दर्ता गराइ थप अनुसन्धान भइराखेको प्रहरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->