बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

सरकारी अस्पतालहरुलाई एनसेलको अक्सिजन कन्सन्ट्रेटर्स सहयोग

सरकारी अस्पतालहरुलाई एनसेलको अक्सिजन कन्सन्ट्रेटर्स सहयोग


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ८ २०७८, शनिबार

बागलुङ, ८ जेठ– एनसेल आजियाटाले कोरोना महामारीमा सरकारलाई सहयोग गर्ने घोषणा गरेको अक्सिजन कन्सन्ट्रेटर्स मध्ये पहिलो चरणका अक्सिजन कन्सन्ट्रेटर्सहरु शुक्रबार हस्तान्त्रण गरेको छ । एनसेलले हस्तान्तरण गर्ने घोषणा गरेको १ सय ५० थान अक्सिजन कन्सन्ट्रेटर्स मध्ये पहिलो चरणका अक्सिजन कन्सन्ट्रेटर्सहरु शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको एनसेलले जनाएको छ ।
कोभिड–१९ विरुद्घ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको सहकार्यमा आफ्नो व्यावसायीक सामाजिक जिम्मेवारी अन्तर्गत एनसेलले १ सय ५० थान पोर्टेबल अक्सिजन कन्सन्ट्रेटर्स सहयोग गर्ने प्रतिबद्घता जनाएको थियो ।
एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्ले शुक्रबार कम्पनीले प्रदान गर्ने अक्सिजन कन्सन्ट्रेटर्सको पहिलो चरण अन्तर्गतका कन्सन्ट्रेटर्स स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विषेशज्ञ महेन्द्र प्रसाद श्रेष्ठलाई हस्तान्तरण गरेका छन् । कोरोना बिरामीको उपचारका लागि अक्सिजनको चरम अभाव खेपिरहेका जिल्ला स्तरीय अस्पतालहरुमा यी कन्सन्ट्रेटर्स हस्तान्तरण गरिने छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->