बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

निशेधाज्ञामा पनि कुश्मीसेरा जोड्ने सडकमा कालोपत्रको काम जारी

निशेधाज्ञामा पनि कुश्मीसेरा जोड्ने सडकमा कालोपत्रको काम जारी


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ८ २०७८, शनिबार

बागलुङ, ८ जेठ– कोभिड–१९ महामारीका कारण निषेधाज्ञा भएपनि सदरमुकाम बागलुङ बजारदेखि जैमिनी नगरपालिकाको मुकाम कुश्मीशेरा जोड्ने सडक कालोपत्रेको काम धमाधम भैरहेको छ ।
निर्माण कम्पनी कर्ण विल्डर्सले कालोपत्रेको काम सकेर सहायक सडकहरुमा ढलानका काम गरिरहेको हो । सडक कालोपत्रे गर्ने क्रममा स्टमेटभित्र परेका सहायक संरचनाको कामलाई प्राथमिकता दिएर निर्माण भैरहेको कम्पनीका साइट म्यानेजर सन्दिप श्रेष्ठले बताए ।
बागलुङ नगरपालिका–१३ पैयुपाटाको पाग्जादेखि बागलुङ नगरपालिका–१२ टाकुरीसम्म कालोपत्रे गर्ने काम सकिएको छ । ‘हामीले जिम्मेवारी पाएको दश किलोमिटर सडक कालोपत्रे भएको छ, कोभिडका कारण हस्तान्तरण गर्न सकेनौं’ श्रेष्ठले भने ‘निर्माणका क्रममा बँचेको गिट्टी, बालुवा र सिमेन्टले पुग्ने बेलासम्म सहायक मार्गको काम सक्छौं ।’
बागलुङ नगरपालिका–१३ र १४ वडामा पुग्ने पाँचवटा सहायक सडकमा मुल सडकको काम गर्ने निर्माण कम्पनीले नै ढलान गर्नेगरी स्टमेट छ । झण्डै ५ सय मिटर सहायक सडक ढलान हुनेछन् । निशेधाज्ञा खुलेको पहिलो एक साताभित्र सडक हस्तान्तरण गरिने उनले बताए । यो सडक गण्डकी प्रदेश सरकारले सडकको स्तरीकरण गर्दा ‘क’ वर्गमा परेको सडक हो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->