बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

चालु आर्थिक बर्षको १० महिनामा १ खर्बभन्दा बढीको निर्यात

चालु आर्थिक बर्षको १० महिनामा १ खर्बभन्दा बढीको निर्यात

एक दशकपछि लक्ष्य भेटियो: सरकारले २०६४ सालमा सार्वजनिक गरेको त्रिवषिर्य अन्तरिम योजनामा १ खर्ब निर्यात पुर्‍याउने लक्ष्य राखेको थियो ।


  • ढोरपाटन संबाददाता
  • जेष्ठ ९ २०७८, आइतबार

काठमाडौं, ९ जेठ – नेपालको निर्यात व्यापारले १ खर्बको आंकडा पार गरेको छ । नेपालले एक दशक अगाडि नै निर्यात  एक खर्बको आंकडाभन्दा माथि लैजाने लक्ष्य राखेको थियो । यो लक्ष्य चालु आर्थिक वर्षको १० महिना मै पुरा भएको हो ।

भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०७७/७८ को १० महिना (साउन-वैशाख)को अवधिमा नेपालको वस्तु निर्यात १ खर्ब ८ अर्ब ४७ करोड ८७ लाख ५६ हजार भएको छ । वैशाख महिनासम्म आइपुग्दा निर्यातको वृद्धि ३२.१९ प्रतिशत देखिएको छ ।

गत आर्थिक वर्ष २०७६/७७ मा १० महिनाको अवधिमा निर्यात ८२ अर्ब ६ करोड ४७ लाख ६९ हजार रुपैयाँ बराबरको रहेको थियो । यो वर्ष निषेधाज्ञाका बीचमा समेत खासगरी वैशाख महिनामा नेपालबाट वस्तु निर्यातमा उल्लेख्य प्रगति देखिएको छ ।

यो वर्ष वस्तु निर्यातमा भट्टमासको तेलसहित तेलजन्य वस्तुको मूख्य भूमिका छ । कफी चिया र कार्पेटमा समेत उल्लेख्य वृद्धि भएको छ । आइरन र स्टिलको निर्यात समेत बढेको छ ।

सरकारले २०६४ सालमा सार्वजनिक गरेको त्रिवषिर्य अन्तरिम योजनाको १ खर्ब निर्यात पुर्‍याउने लक्ष्य राखेको थियो । यो लक्ष्यलाई सरकारले हरेक पटक दोहोर्‍याए पनि सफल हुन सकेको थिएन । उक्त वर्ष ६१ अर्ब रुपैयाँ हाराहारीको निर्यात भएको थियो ।

२०६७/६८ मा आएको त्रिवर्षीय योजनामा समेत १ खर्ब निर्यातको लक्ष्य कायम राखिएको थियो । नेपालले गत आव २०७६/७७ मा लक्ष्य भेटाउने संकेत गरेको थियो । तर, कोरोना महामारीका कारण अन्तिम समयमा लक्ष्य पुरा हुन सकेन । सो वर्ष नेपालले ९६ अर्ब रुपैयाँको मात्र निर्यात व्यापार गर्न सफल भएको थियो ।

यस्तो रहृयो १० महिनाको वैदेशिक व्यापार 

आयात : १२ खर्ब ५४ अर्ब ११ करोड  (२२.३४ प्रतिशत बढेको)

निर्यात : १ खर्ब ८ करोड (३२.१९ प्रतिशत बढेको)

व्यापार घाटा : ११ खर्ब ४५ अर्ब ६३करोड (२१.४८ प्रतिशत बढेको)

कुल वैदेशिक व्यापार : १३ खर्ब ६२ अर्ब २५ करोड (२३.०७ प्रतिशत बढेको)

व्यापारमा आयातको हिस्सा : ९२.०४ प्रतिशत (०.५९ प्रतिशत घटेको)

व्यापारमा निर्यातको हिस्सा : ७.९६ प्रतिशत (७.९६ प्रतिशत बढेको)

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->