शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

२५ दिनको फरकमा जोमसोममा आमा छोराको मृत्यु

२५ दिनको फरकमा जोमसोममा आमा छोराको मृत्यु


  • ढोरपाटन संबाददाता
  • जेष्ठ १२ २०७८, बुधबार
जोमसोम अस्पतालमा मृत्यु भएका ७२ बर्षिया वृद्धाको शव ट्याक्टरमा राख्दै सुरक्षाकर्मी । तस्वीरः ढोरपाटन ।

मुस्ताङ, १२ जेठ – कोरोना माहमारीले हिमालपारीको जिल्ला मुस्ताङलाई पनि सताएको छ । जोमसोममा कोरोना संक्रमणबाट आमाको मृत्यु भएको २५ दिन नवित्दै छोराको पनि मृत्यु भएको छ ।

जिल्लाको घरपझोङ गाउँपालिका-४ जोमसोमका ७२ बर्षिया महिलाको १६ बैशाखमा मृत्यु भएको थियो । कोरोनाले उनका कान्छा छोरा ४३ वर्षीय कर्माछिरिङ गुरुङको पनि मृत्यु भएको छ । घरपझोङ गाउँपालिकाका स्वास्थ्य संयोजक कर्णबहादुर थकालीका अनुसार आमाको मृत्यु भएको २५ दिनपछि छोराको मृत्यु भएको छ । उनको पोखरा चरक मेमोरियल अस्पतालमा उपचारका क्रममा सोमवार मृत्यु भएको हो ।

आमाको जोमसोम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । आमाको मृत्युपछि कान्छा छोरा गुरुङको जोमसोम अस्पतालमा परीक्षण गर्दा संक्रमण पुष्टि भयो । स्वास्थ्य अवस्था असहज महशुस भएपछि छोरा आफै पोखराको चरक मेमोरियल अस्पतालमा भर्ना भए । अस्पताल भर्ना भएको दुई हप्तापछि उनको मृत्यृ भएको हो । जापानमा बस्दै आएका गुरुङ दम्पती २ महिनाअघि मात्र जोमसोम आएका थिए ।

योसंगै मुस्ताङमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ पुगेको । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख टिकाराम भण्डारीका अनुसार कोरोनाबाट घरपझोङमा ३ जना, वारागुङ मुक्तिक्षेत्रमा ३ जना र थासाङ गापामा २ जनाले ज्यान गुमाएका छन् ।

मुस्ताङमा संक्रमितको संख्या २ सय ९२ पुगेको छ । ८९ जनाले जितेका छन् । मुस्ताङको घरपझोङ गाउँपालिकामामा ७६ संक्रमित मध्ये ४० जना , थासाङ गाउँपालिकामा ७३ संक्रमित मध्ये १७ जना र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा १ सय ३४ संक्रमित मध्ये ३२ जनाले कोरोना जितेका छन् । यस्तै उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा ९ जना संक्रमित छन् भने लोघेकर दामोदरकुण्ड गाउँपालिका अहिलेसम्म कोरोना मुक्त छ ।

पछिल्लो ३ हप्तामा २२ जना जोमसोम अस्पतालबाट रिफर भएका छन् । १ सय ६८ जना सक्रिय संक्रमित होमआईसोलेसन र १६ जना संक्रमित जोमसोम अस्पताल र स्थानीय तहका कोभिड आईसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->