बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

अक्सिजन सिलिण्डरमै कम तौल

अक्सिजन सिलिण्डरमै कम तौल

कालीगण्डकी अक्सिजन प्रालिमार्फत सर्जिकलले अक्सिजन भरेर ल्याउने गरेको छ ।


  • ढोरपाटन सम्वाददाता
  • जेष्ठ १४ २०७८, शुक्रबार
फाईल तस्विर

बागलुङ, १४ जेठ – बागलुङमा ल्याउने गरिएको अक्सिजन सिलिण्डरमा तोकिएभन्दा कम तौल हुने गरेको अनुगमनले भेटाएको छ ।
कोरोनाका बिरामीलाई अत्यावस्यक भएपछि दैनिक पोखराबाट भरेर ल्याउँदा कम तौल भरिएको भेटिएको उपभोक्ता मंचका अध्यक्ष शैलेन्द्र श्रेष्ठले बताए । शंका लागेपछि जिल्ला प्रशासन, बागलुङ नगरपालिका, राष्ट्रिय उपभोक्ता मंच र स्वास्थ्य कार्यालय समेतको अनुगमनले उक्त कमजोरी भेटाएको हो ।
१२ केजी अक्सिजन हुनुपर्ने सिलिण्डरमा ५ केजीसम्म थोरै भरेर पठाउने गरेको भेटिएको श्रेष्ठले बताए । कम अक्सिजन भएपछि अड्कलेको समय नपुग्ने र बिरामीको मृत्यु समेत हुन सक्ने भन्दै प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले अक्सिजन सप्लायर्स तथा कम्पनीमा स्पष्टीकरण सोध्ने तयारी भएको बताए ।
बागलुङमा आउने अक्सिजन पोखरास्थित अन्नपूर्ण सर्जिकलले ल्याउने गरेको छ । अन्नपूर्ण सर्जिकलका डिलर युवराज पुनले भने आँफूले जोखेर नभई तयार पारेको सिलिण्डर ल्याएर दिने गरेको बताए । कालीगण्डकी अक्सिजन प्रालिमार्फत सर्जिकलले अक्सिजन भरेर ल्याउने गरेको छ ।
कम तौलको अक्सिजनले थोरै समय मात्रै धान्ने भएपछि बिरामीको ज्यान जाने खतरा हुने स्वास्थ्यकर्मीले बताए । ‘हाइ फ्लो अक्सिजन दिनुपर्छ, त्यस्तो बेला थोरै रहेछ भने अड्कल हुँदैन’ अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र पोखरेलले भने, ‘तीन घण्टा पुग्छ भनेर छाडियो, १ घण्टामै सकियो भने बिरामीको ज्यान जान सक्छ ।’ अस्पतालमा दैनिक एकसय बढी सिलिण्डर खाली हुँदा पोखरा लगेर भर्दै ल्याउने गरिएको छ ।
संकटको बेला अत्यावस्यक पर्ने स्वास्थ्य सामग्री समेतमा कालोबजारी भैरहेको भेटिएको श्रेष्ठले बताए । अक्सिमीटरलाई उपभोक्ताले ५ हजार रुपैयाँसम्म तिरेको भेटिएकोले चर्को मूल्य लिने व्यापारीको खोजी भैरहेको उनले जानकारी दिए । अक्सिमीटर १ हजार ५ सयमा पाइने गरेकोमा मनलाग्दी मूल्य राखे बेच्ने गरिएको हो । अन्य स्वास्थ्य सामग्रीमा पनि मनलाग्दी गरेर बेच्ने क्रम बढेकोले प्रशासनले निगरानी बढाउन थालेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->