बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

सहस्रधारामा पहिरो, अत्यावश्यक कामका सवारीलाई समस्या

सहस्रधारामा पहिरो, अत्यावश्यक कामका सवारीलाई समस्या


  • ढोरपाटन सम्वाददाता
  • जेष्ठ १५ २०७८, शनिबार
फाईल तस्विर

बागलुङ, १५ जेठ– पर्वतको कुश्मा नगरपालिका–१ सहस्रधारामा निरन्तर बगिरहेको पहिराका कारण पोखरा–बागलुङ सडकखण्ड अवरुद्ध भएको छ । वर्षासँगै पहिरो बगिरहेकाले बेलाबेलामा सडक अवरुद्ध हुने गरेको प्रहरीले जनाएको छ । गत वर्षको बर्खायाममा खसेको पहिरो अहिले वर्षासँगै बढेको छ । सडकमा जम्मा भएको लेदो र पानीका कारण अत्यावश्यक कामका लागि बागलुङ–पोखरा सडकमा गुड्ने सवारी समस्यामा पर्ने गरेका प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले बताए । गए राति खसेको पहिरो प्रहरी पन्छाइएको थियो । अहिले पनि पहिरो खस्नेक्रम रोकिएको छैन । कोरोना महामारीका कारण निषेधाज्ञा भएकाले सडकमा अत्यावश्यक बाहेकका सवारी गुडेका छैनन् । एम्बुलेन्स, अक्सिजन सिलिण्डर बोक्ने सवारीलगायत सवारी पहिरामा रोकिने गरेका छन् । “हिजो नै अक्सिजनको जोहो गरेकाले अहिलेसम्म समस्या छैन तर जोखिम बढेको छ”, धौलागिरि अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले भने, “अहिले पोखरा पुगेका सिलिण्डर फर्किने बेला सडक सहज भए हुन्थ्यो ।” यो सडक रोकिँदा बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङमा अक्सिजन ढुवानीमा समस्या हुन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->