
पोखरा, १५ जेठ– ट्रेकिङ एजेन्सिज् एशोशिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल च्याप्टरले कोभिड १९ कारण ठप्प रहेको पदयात्रा पर्यटन र त्यसले निम्त्याएको समस्या समाधानको लागि पहल गर्न सरकारसँग आग्रह गरेको छ ।
टान पश्चिमाञ्चलका अध्यक्ष सुशील पौडेलद्धारा जारी विज्ञप्तिमा पदयात्रा क्षेत्रमा लागेका र अग्रपंक्तिमा रहेका मजदुर एवं व्यवसायीहरु पर्यटकसँग प्रत्यक्ष रुपमा सम्पर्कमा रहने र विभिन्न ग्रामीण क्षेत्रहरुमा निरन्तर पुग्नुपर्ने हुँदा कोरोनाको खोप उपलब्ध गराउन, सरकारको घोषित व्यवसायी पूर्नजीवन नीतिमा सबै व्यवसायीको सहज पंहँुच पुग्ने व्यवस्था मिलाउन,टे«किङ कम्पनीलाई आउँदो ३ वर्षसम्म कर छुट दिन र मौद्रिक नीतिमार्फत् घोषित कर्जालाई सहज बनाउन माग गरिएको छ ।





