बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

गण्डकी प्रदेशसभामा बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत

गण्डकी प्रदेशसभामा बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १७ २०७८, सोमबार

पोखरा, १७ जेठ – गण्डकी प्रदेश सभाको आठौं अधिवेशनको दोस्रो बैठक आर्थिक वर्ष २०७८/०७९ को बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेर स्थगित भएको छ। सोमबारको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रदेश सभामा आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेपछि बैठक स्थगित गरिएको छ।  सभामुखले अर्को वैैठक मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको जानकारी दिएका छन्।
विनियोजन विधेयक ल्याउनु १५ अगावै संसदमा विनियोजन विधेयकका प्राथमिकता र सिद्दान्तामाथि छलफल भइसक्नुपर्ने प्रावधान छ । असार १ गते प्रदेश सरकारले बजेट ल्याउनै पर्ने कानुनी वाध्यता छ । भोलिबाट विनियोजना विधेयकका प्राथमिकता र सिद्दान्तमाथि छलफल सुरु हुने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->