बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

प्रगति सहकारीले दियो थापा परिवारलाई २० हजार राहत

प्रगति सहकारीले दियो थापा परिवारलाई २० हजार राहत


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १९ २०७८, बुधबार

बागलुङ, १९ जेठ – प्रगति बहुउदेश्यीय सहकारी संस्थाले आफ्ना शेयर सदस्य मृत्यु राहत रकम काठेखोला-२ भीमापोखरामा प्रदान गरेको छ । राहत रकम रु. २० हजार संस्थाका शेयर सदस्य कृष्ण वहादुर थापाको परिवारलाई काठेखोला-२ का अध्यक्ष विद्यापति शर्माले वुधवार प्रदान गरे ।

राहत रकम हस्त्तान्तरण गर्दै वडा अध्यक्ष शर्माले यो रकमले विपतका परेका परिवारलाई ठूलो सहयोग मिल्ने वताए । सहकारीले आफ्ना शेयर सदस्यको मृत्यु भएमा उनका परिवारलाई तत्कालिन राहत स्वरुप रु. २० हजार सहयोग प्रदान गर्दै आइरहको छ ।

संस्थाका कोषाध्यक्ष तुलसीनाथ गौतम, कार्य समिति सदस्य नारायणदत्त रेग्मी र भीमापोखरा सेवा केन्द्रका प्रमुख कुलराज गौतमले मृतकको घरमा गएर उक्त राहत रकम र समवेदना पत्र प्रदान गरेका हुन् ।

विपतमा परेकालाई सहयोग गर्ने उदेश्यले सहकारीले स्थापना गरेको राहत कोषबाट मृतकका परिवारलाई सहयोग गरिएको संस्थाका अध्यक्ष कृष्ण प्रसाद पौडेल (कुमार) ले वताए । शेयर सदस्य थापाको १५ जेठमा मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->