मुस्ताङ, २० जेठ – जिल्लाका ५ स्थानीय तह र जिल्ला अस्पताल जोमसोमलाई १२ थान अक्सिजन कल्सन्ट्रेटरसहित स्वास्थ्य सामग्री सहयोग गरिएको छ। ५ स्थानीय तहलाई २/२ वटा र जिल्ला अस्पताल जोमसोमलाई २ वटा अक्सिजन कल्सन्ट्रेटर विहिवार हस्तान्तरण गरिएको हो ।
स्वास्थ्यको पहुँच नपुगेका जिल्लामा माउन्टेन हर्ट नेपालले अमेरिकन संस्था डाईरेक्ट रिलिभमार्फत उपलब्ध अक्सिजन कल्सन्ट्रेटर र स्वास्थ्य समाग्रीहरु वितरण गरेको संस्थाका अध्यक्ष अवन गौतमले जानकारी दिए ।
निवर्तमान संघीय सांसद प्रेमप्रसाद तुलाचनको पहलमा माउन्टेन हर्ट नेपालले अक्सिजन कल्सन्ट्रेटर सहित ती स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको जानकारी दिइएको छ । कार्यक्रममा जिल्लाका ५ वटै पालिकाका जनप्रतिनिधि, स्वास्थ्य संयोजक र जिल्ला अस्पतालका प्रतिनिधि सहितका सरोकारवाला उपस्थित थिए ।





