शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

मापदण्डविपरीत आँधीखोला दोहन, नगरपालिकाले नै दियो अनुमति

मापदण्डविपरीत आँधीखोला दोहन, नगरपालिकाले नै दियो अनुमति


  • अर्जुन काफ्ले
  • जेष्ठ २१ २०७८, शुक्रबार
पुतलीबजार नगरपालिका-१४ लामागेमा नदीजन्य पदार्थ उत्खनन् गरिँदै । तस्वीर: अर्जुन काफ्ले/दोरपाटन

स्याङ्जा, २१ जेठ – पुतली बजार नगरपालिका-१४ लामागेमा नदी नियन्त्रणको नाममा नगरपालिकाको अनुमतिमा मापदण्डविपरीत नदी दोहन सुरु भएको छ । बस्ती संरक्षणका नाममा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयकै योजनामा अवैध रुपमा नदी उत्खनन् सुरु भएको हो ।
नदी उत्खनन्को जिम्मा हरिबसु तिवारी निर्माण सेवा कम्पनीले लिएको छ । नदी नियन्त्रणको काम सिंंचाइ विकासबाट सुरुमा उपभोक्ता समितिले जिम्मा लिएकोमा लिएका थिए । तर, पछि नगरपालिकाकै निर्देशनमा निजी कम्पनीलाई नदीजन्य पदार्थ उत्खनन्को जिम्मा दिइएको हो ।
निर्माण सेवा कम्पनीले अवैध रुपमा आँधीखोला उत्खनन् गरी बस्ती संरक्षणको नाममा नदी दोहनको काम सुरु गरेको हो । नदीजन्य पदार्थ उत्खनन्का लागि ५ करोड रुपैयाँमा टेन्डर आह्वान गरिएको थियो । तर, अन्तिम समयमा आएर उपभोक्ताबाट ५० लाखमा कम्पनीले जिम्मा लिएको हो । यसको अनुमति नगरपालिकाले दिएको छ ।

पुतलीबजार नगरपालिका-१४ लामागेमा नदीजन्य पदार्थ उत्खनन् गरिँदै । तस्वीर: अर्जुन काफ्ले/दोरपाटन

कुनै पनि नदीनालाहरुमा डोजरहरु प्रयोग गरी अवैध दोहन तथा उत्खनन् गर्न नपाइने सरकारी नियम छ । तर, यहाँ भने स्थानीय तथा नगरपालिकासँगको मिलेमतोमा कम्पनीले मापदण्ड मिचेर नदी उत्खनन् गरिएको हो ।
उत्खनन् भइरहेको ठाउँ नगरपालिका कार्यालयदेखि २ किलोमिटर दूरीमा पर्दछ । जहाँ एक पुलसमेत छ । मापदण्डअनुसार पुलको माथि र तल ५ सय मिटर आईई पनि नहुने र मेसिनको पनि प्रयोग गर्न नपाइने उल्लेख छ । त, यहाँ भने सरकारी नियमको पालना भएको देखिँदैन ।
बस्ती संरक्षण गर्न नदीजन्य पदार्थ निकालेको र अनुमति दिएको पुतलीबजार नगरपालिका उप प्रमुख महेश पुरीको दाबी छ । उनले भने, ‘नदी उत्खनन् गर्न कसैले रोक्न सक्दैन । कसैले अवरोध गरे त्यसको जिम्मा लिनुपर्छ ।’ यता, सिंचाइ डिभिजनले उपभोक्ता समितिलाई काम गर्न दिएको बताउँदै ठेकेदार कम्पनीलाई जिम्मा दिन नमिल्ने इन्जिनियर नवीन पौडेलले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->