बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

जोमसोम–कोरला सडक २७ गतेसम्म बन्द

जोमसोम–कोरला सडक २७ गतेसम्म बन्द


  • आदित्य रसाइली
  • जेष्ठ २४ २०७८, सोमबार
फाईल तस्विर

मुस्ताङ, २४ जेठ– राष्ट्रिय गौरवको जोमसोम/कोरला सडक जेठ २७ गतेसम्म बन्द हुने भएको छ । जिल्ला सुरक्षा समिति मुस्ताङको बैठकले वारागुङ मुक्तिक्षेत्रमा पर्ने समरखोलामा कल्भर्ट निर्माण गर्नेकार्य भइरहेकाले ३ दिन सडक बन्द गर्ने निर्णय गरेको हो ।
यसअघि सडक स्तरोन्नति गर्न जेठ १८ देखि २४ गतेसम्म जोमसोम÷कोरला सडक पूर्ण रुपमा बन्द गरिएको थियो । आवागमन बन्द गरिएसँगै एक सातादेखि उपल्लो मुस्ताङमा खाद्यान्न तथा निर्माण सामग्री ढुवानी प्रभावित हुनेछ ।
राष्ट्रिय गौरवको जोमसोम–कोरला सडकखण्ड ७ प्याकेजमा स्तरोन्नति भइरहेकोमा ३ प्याकेजको काम डेढ वर्षअघिनै निर्माण पूरा भएर कालिगण्डकी करिडोरलाई हस्तान्तरण भइसकेको छ भने बेनी÷जोमसोम÷कोरला सडकको सम्झौता अवधि सकिएर तेस्रो पटक म्याद थप गरिएको करिडोर कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->